०२ भाद्र २०८२, सोमबार

रैब पर्व मनाउँदै थारू समुदाय

पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन/रैब पर्व वा बडका अटवारीका रुपमा मनाउने गरिन्छ ।

१ भदौ, काठमाडौं। पूर्वी नेपालका थारू समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारू समुदायले भने यसलाई ‘बड्का अट्वारी’को रुपमा मनाउँछन् ।

यो पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन/रैब पर्व वा बडका अटवारीका रुपमा मनाउने गरिन्छ । यसवर्ष बडका अट्वारी भने भदौ ८ गते परेको छ ।

आजको दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ । यसपर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता जनविश्वास छ ।

आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारू संस्कृतिविद् भुलाइ चौधरी बताउँछन् ।

उनी भन्छन्,’थारूहरू प्रकृतिका पूजारी हुन् । त्‍यसकारण प्रकृतिमा पाइने फलफूल, दूध, दही खानुपर्छ। सूर्य प्रकृतिमा सबैमा ठूलो शक्तिको स्रोत हो। यसको प्रकाशले रोग, व्याधि सबै नाश हुने भएकाले यसको उपासना गर्दै आएका छौं।’

साथै खेती किसानी गर्दा किरा फट्याङ्गाको मारिएकोप्रति क्षमायाचना गर्दै एक दिन नुन बार्ने र प्रकृतिमा रहेका सबै जीवप्रति समान भाव दर्साउन रैब पर्व गरेन थालिएको उनको भनाइ छ ।

यो पर्वमा थारूहरूले बिहानै नजिकैको तलाउ, पोखरी वा खोलामा स्नान गरी प्रकृति र कूल देवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् ।

यसैगरी धार्मिक मान्यता अनुसार बाल-बच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा वृद्धिको लागि समयमा वर्षा होस्, बाली-नालीमा रोग-व्याधि नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाउने चलन रहँदै आएको छ ।

थारू समुदाय रैब पर्व
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]