Blurkart

२४ भाद्र २०८२, मंगलबार

सडक किनारका अतिक्रमित सामग्री नगरपालिकाले हटायो

रौतहट । रौतहटको चन्द्रनिगाहपुर मुख्य बजारमा सडक किनारमा घुम्ती, ठेला वा फुटपाथमा राखिएको पसल वा अतिक्रमण गरेर राखेको सामग्रीलाई चन्द्रपुर नगरपालिकाले हटाएको छ ।
चन्द्रपुर नगरपालिकाको मुख्य चोकको सडक खण्डको कालोपत्रे सडकमा नै टाँसेर राखेको घुम्ती, ठेला वा फुटपाथका सामन मंगलवार नगरपालिकाको अग्रसरतामा हटाइएको हो ।

पालिकाले बारम्बार सूचना जारीगरी सडक र फुटपाथ खाली गर्न आग्रह गरेपनि कार्यान्वयन नभएपछि नगर प्रमुख सञ्जयकुमार काफ्लेसहितको टोलीले अतिक्रमण हटाउने कार्य सुरु गरिएको वडाअध्यक्ष रवि रानामगरले बताए ।

उनका अनुसार बजार क्षेत्र तथा बस बिसौनीको सडकमा फलफुल पसल हुँदा बस, इ–रिक्सा तथा म्याजिक लगायतका सवारी आवतजावतमा कठिनाई भएको हो ।
यस अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि मुनलाइट एकेडेमीसम्म, साथै गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत मुख्य चोकदेखि बजारसम्म अतिक्रमण हटाइने उनले जानकारी दिए ।

सडक अतिक्रमण गरेर फुटपाथ व्यापार÷ व्यवासायका कारण सटरका व्यपारी मर्कामा परेका हुन । उद्योग वाणिज्य संघ चन्द्रपुरले फुटपाथमा पसल तथा व्यवसाय बन्द गर्नुपर्ने अडान राख्दै आएको छ ।

हाट बजार लागेको दिन वा अन्य दिन फुटपाथमा नै व्यापार व्यवसाय हुने गरेको यहाँका स्थानीयहरु बताउँछन् । सडकमा व्यापार गर्ने ब्यापारीहरुलाई सुरक्षित स्थानमा व्यापार गर्ने वातावरण नगरपालिकाले मिलाउनुपर्ने फुटपाथ व्यवसायीको माग छ ।

चन्द्रपुर नगरपालिकाका नगरप्रमुख काफ्लेले भने, ‘नगर क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउनु हाम्रो दायित्व हो । सडक सबैको साझा सम्पत्ति हो, यसलाई निजी स्वार्थमा प्रयोग गर्न पाइँदैन । यो अभियानलाई नगरपालिकाले निरन्तर दिन आवश्यक रहेको औल्याइएको छ ।’

#रौतहट अतिक्रमित चन्द्रपुर नगरपालिका
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]