
सप्तरी। तिलाठी कोईलाडी गाउँपालिका–७ मा अवस्थित श्री आधारभूत विद्यालय मंसापुरमा चारकोठे विद्यालय भवनको शिलान्यास गरिएको छ। नयाँ भवनको शिलान्यास गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले एक विशेष समारोहबीच गरे।
उक्त कार्यक्रममा वडाअध्यक्ष हरिनारायण मण्डल, विद्यालयका प्रधानाध्यापक मदन मण्डल, शिक्षक परिवार, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शम्भु मण्डल, सदस्य केशव मण्डल, शिक्षा तथा खेलकुद शाखाका सहसंयोजक ज्ञानु यादव, पालिकाका ईन्जिनियर किशोर साह तथा स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरुले शिक्षा पूर्वाधारको विकासले विद्यार्थीहरूको सिकाइ स्तर र शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै निरन्तर सहयोगको प्रतिबद्धता जनाए।
यस भवन निर्माणले विद्यालयको शैक्षिक वातावरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।