०५ साउन २०८२, सोमबार

जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि पीडित–पीडकबीच स्पष्ट सम्झौता आवश्यकः

सहमहामान्त्री परियार नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले जातीय भेदभाव र छुवाछुत जस्ता सामाजिक कुसंस्कार अन्त्यका लागि पीडित र पीडकबीच स्पष्ट सम्झौता आवश्यक रहेको बताउनुभएको छ ।

रोल…काठमाडौंमा राष्ट्रिय समता दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री परियारले जातीय विभेदको अन्त्य केवल कानूनी प्रावधानबाट नभई सामाजिक, मानसिक र नैतिक रूपान्तरणबाट सम्भव हुने बताउनुभएको हो पीडित र पीडकबीच सम्झौता नभएसम्म जातीय भेदभाव अन्त्य नहुने उहाँको भनाइ छ । उहाँले जातीय भेदभावको अन्त्य गर्न तल्लो तहबाट नभई नीति निर्माणको तहबाट पहल गरिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जबसम्म पीडित र पीडकका बीचमा सम्झौता हँुदैन नि तबसम्म जातीय भेदभाव अन्त्य हुँदैन । पीडित र पीडकका बीचमा एउटा सम्झौता चाहियो । त्यो सम्झौता भनेको के हो भने आजका मितिदेखि आजसम्म हामीले जातीय भेदभाव र छुवाछुत गरेका थियौँ अब देखि गर्दैनौँ भन्ने संकल्प गर्नुपर्‍यो । जबसम्म पीडकले प्रतिवद्धता व्यक्त गर्दैन, जब छुवाछुत गर्नेहरुले आजदेखि गर्दिन भनेर भन्न सक्दैनन् तबसम्म अन्त्य हुदैन । जातीय भेदभाव र छुवाद्धछुत जस्तो जुन कुसंस्कार छ यसको हल तलबाट होइन माथिल्लो तहबाट शुरु गर्नुपर्छ ।’

बाइट….जीवन परियार, सहमहामन्त्री, नेपाली काँग्रेस जातीय समावेशिता, समानता र न्याय सुनिश्चित गर्न कानूनी तथा सामाजिक रूपान्तरणको आवश्यकता उहाँको भनाइ छ । नेपाली काँग्रेसकी सांसद सीता मिजारले जातीय विभेद अन्त्य गर्न स्पष्ट रुपमा कानूनी व्यवस्था हुनुपर्ने बताउनु भयो । संसदमा बोलेर मात्र जातीय भेदभाव र छुवाछुत अन्त्य नहुने उल्लेख गर्दै उहाँले सकारात्मक आन्दोलन आवश्यक रहेको बताउनु भयो । उहाँले तल्लो तहबाट दलितको मुद्दा नबोलेको आरोप लाग्ने गरेको र संसदमा बोल्नको लागि दलितको मुद्दा मात्रै छ र ? प्रश्न गरिने भएको कारण समस्या भएको उहाँको भनाइ छ ।

बाइट…सीता मिजार, सांसद, नेपाली काँग्रेस सांसद मिजारले अहिले पनि जातीय भेदभाव र छुवाछुतको विषय संक्रमणकालिन अवस्थामै रहेको उल्लेख गर्दै भेदभावको अन्त्य गर्नको लागि ठूलो आन्दोलको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

छुवाछुत अन्त्यका लागि
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]