११ जेठ २०८२, शनिबार

स्थानीय तहले आवासीय विद्यालय खोल्न पाउने, विदेशी नाम राख्न नपाउने

काठमाडौं । स्थानीय तहले आवासीय विद्यालय खोल्न पाउने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले पेस गरेको विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा स्थानीय तहले आवासीय विद्यालय खोल्न सक्ने प्रावधान राखिएको छ ।

‘स्थानीय तहले विद्यालय स्थापना र सञ्चालन गर्दा स्थानीय आवश्यकताको विश्लषेण र स्रोतको सुनिश्चतता गरी आवासीय विद्यालय विद्यालयसमेत स्थापना र सञ्चालन गर्न सक्नेछ,’ प्रतिवेदनमा भनिएको छ ।

विदेशीपन झल्कने नाम राख्न नपाउने

यसैगरी विदेशी व्यक्ति, संस्था, स्थान वा विदेशीपन झल्कने गरी विद्यालयको नाम राखिएको भए त्यस्ता नाम परिवर्तन पनि गर्नुपर्ने छ । उपसमितिले तीन वर्षभित्र नेपालीपन झल्कने गरी विद्यालयको नाम परिवर्तन गर्नुपर्ने व्यवस्था राखेको छ ।

विद्यालयको नामकरण वा नाम परिवर्तन गर्दा नेपालको प्राकृतिक, सांस्कृतिक स्थान, व्यक्ति वा स्मारकको नाम झल्कने गरी राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

उपसमितिले आइतबार समितिलाई प्रतिवेदन बुझाइसकेको छ ।

विदेशी विद्यालय
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]