Blurkart

२४ भाद्र २०८२, मंगलबार

बन्दिपुर केवलकार एण्ड टुरिजम द्वारा आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन

काठमाण्डौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका तोकिएका शाखाबाट वा ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ । आईपीओमा आवेदन दिने अन्तिम म्याद छिट्टैमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म रहनेछ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीलाई धितोपत्र बोर्डले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनको अनुमति दिएको थियो । जसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख ६६ हजार ५ सय कित्ता र विदेशमा रहेका नेपाली श्रमिकका लागि ५ लाख २९ हजार ४०० कित्ता सेयर छुट्याइएको थियो ।

आईपीओ बन्दिपुर केवलकार एण्ड टुरिजम
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]