०५ साउन २०८२, सोमबार

“अप्पन माइर्ट” सेरामिक कला कार्यशाला हनुमाननगरमा, सीप विकास र रोजगारी सिर्जनाको अवसर

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ मा “अप्पन माइर्ट” शीर्षकमा १५ दिने सेरामिक कला कार्यशाला सञ्चालन भइरहेको छ। जेठ ५ गतेदेखि सुरु भएको यो कार्यक्रम जेठ १९ गतेसम्म चल्नेछ। कार्यशालाको उद्देश्य ग्रामीण क्षेत्रमा सेरामिक कला प्रवर्द्धन गर्दै सीप विकास, उद्यमशीलता र रोजगारी सिर्जनामा योगदान पुर्‍याउनु हो।

कार्यशालाको आयोजना हनुमाननगर कंकालिनी नगरपालिकाले गरेको हो भने सह–आयोजकको रूपमा आर्ट लाइन ग्यालरीको सक्रिय सहभागिता रहेको छ। प्रशिक्षण कार्यक्रममा स्थानीय युवायुवती, महिलाहरू र सीपयुक्त जनशक्ति सँगसँगै आदिवासी कुम्हार जातिको उत्साहजनक सहभागिता रहेको छ, जसले परम्परागत सीपलाई आधुनिक र व्यावसायिक स्वरूप दिन मद्दत पुर्‍याइरहेको छ।

कार्यशालामा प्रशिक्षकका रूपमा सेरामिक कलाकार सम्भिका बसुकाला र हरि ओम मेहताको सहकार्यमा सहभागीहरूलाई व्यावहारिक ज्ञान र सिर्जनात्मक अभ्यास प्रदान गरिँदैछ। सहभागीहरूले आधुनिक प्रविधिबाट सेरामिक उत्पादनका विविध पक्षहरू सिक्ने मौका पाइरहेका छन्।

यस किसिमको कार्यक्रमले ग्रामीण क्षेत्रमा लुकेको कलात्मक प्रतिभालाई उजागर गर्दै दीर्घकालीन रुपमा साना उद्योग स्थापना, घरेलु उत्पादन र स्थानीय रोजगारी सिर्जना गर्ने सम्भावना बढाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। सेरामिक उत्पादनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत सम्भावना बोकेको हुँदा यो कार्यशालाले भविष्यमा आर्थिक आत्मनिर्भरता र सामाजिक सशक्तिकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रम हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेको छ।

“सेरामिक कलालाई व्यवसायिक सम्भावनासँग जोडौँ, सिर्जनाबाट रोजगारी बनाऔं। आउनुहोस्, नेपालमा सेरामिक क्रान्तिको हिस्सेदार बनौं।”

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]