Blurkart

२४ भाद्र २०८२, मंगलबार

हैजाका बिरामीको स्वास्थ्य बुझ्न महामन्त्री थापा नारायणी अस्पतालमा

रौतहट । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले शुक्रबार नारायणी अस्पताल बिरगंज पुगेर हैजाका बिरामीको अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन गरेका छन । झाडापखाला र हैजाका बिरामीसग महामन्त्री थापाले स्वास्थ्य उपचार , औषधि लगायतका विषयमा बुझेका हुन ।

सो अवसरमा उनले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग र साथ प्रदान गर्ने दृढ अठोट व्यक्त गरेका छन् । उनले हैजाको नियन्त्रण र उपचारमा सबै पक्ष एकजुट भई प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिए।नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले वीरगञ्जमा हैजाको प्रकोप तीव्ररूपमा बढेपछि अस्पतालमा नै आएर अवस्था प्रत्यक्ष अवलोकन गरेको बताए ।

यस अघि नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेल र खानेपानी मन्त्री प्रदीप यादवले हैजाका बिरामीको अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन गरि आवश्यक निर्देश समेत दिएका थिए । झाडापखाला र हैजा प्रभावित वीरगन्जमा अस्पतालमा उपचारपछि निको भएर घर फर्किने बिरामीको संख्यापनि दिनहुँ बढ्दै गएको पाइएको छ ।

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसारगत शुक्रबारदेखि बिहीबार साँझसम्म झाडापखाला र हैजा संक्रमण पुष्टिभएका गरी ६१२ जना बिरामी अस्पतालहरुमा भर्ना भएकामा तीमध्ये ४३४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । हाल अस्पतालहरुमा १७८ जना बिरामीहरु उपचाररत रहेको र तीमध्ये हैजा पुष्टि भएका बिरामीको संख्या ६९ मात्रै रहेको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिए । बिरगंजमा फैलिएको झाडापखाला र हैजाका बिस्तारै नियन्त्रणमा आएको छ ।

हैजा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]