०५ साउन २०८२, सोमबार

पूर्वसांसद आलमलाई मस्तिष्कघात, रौतहट आउने कार्यक्रम स्थगित

रौतहट । नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले शुक्रबार अस्पताल र्पुयाएका हुन। अहिले आलमको माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

पूर्वसांसद आलमको मस्तिष्कघातका कारण अस्पताल भर्ना भएकाले आज शनिबार रौतहट आउने कार्यक्रम स्थगित भएको तरुण दलका केन्द्रीय सदस्य शेख नौसाद आलमले बताए । पूर्वसांसद आलम आलम अस्वास्थका कारण तत्काल रौतहट नआउने उनको भनाइ छ ।
उनी उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन्। लामो समयदेखि औषधि सेवन गर्दै आएका पूर्वसांसद आलमको मस्तिष्कघात भएपछि शुक्रबार बिहान करिब ११ बजे परिवारले अस्पताल र्पुयाएका थिए। अहिले आइसियुमा राखेर उनको उपचार भैरहेको छ ।’ केन्द्रीय सदस्य आलमले भने ।

पूर्वसांसद आलमको स्वास्थ्यमा केहि सुधार हुदै गएको उनले जानकारी दिए । राजपुर बमकाण्डको अभियोगमा आलम ५ बर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएर बुधवार रिहाई भएका हुन। ०६४ चैत्र २८ गते भएको पहिलो संबिधान सभा निर्बाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाईते भएकाहरुलाई जिउँदै ईटा भटामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेपछि कारागार थिए । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको फैसला उच्च अदालत जनकपुरको अस्थायी इजलासले उल्ट्याएको हो ।

न्याय परिषदमा उजुरी

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय डा।खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा औपचारिक उजुरी परेको छ । न्यायाधीशद्वय विरुद्ध छानबिन गरी कारवाही र निलम्बनको माग गर्दै युवराज पौडेल (सफल) ले उजुरी दर्ता गराएका हुन । उनले उजुरीमा न्यायाधीशद्वयलाई पदबाट निलम्बन गर्न, उच्च अदालतको मिसिल र जिल्ला अदालतको फैसला दुवै अध्ययन गरी तुलना गर्न र उनीहरूले विगतमा गरेका अन्य विवादास्पद फैसलाहरूको पनि पुनरावलोकन गर्नका लागि उजुरीमा माग गरिएको छ ।

पूर्वसांसद आलम
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]