०५ साउन २०८२, सोमबार

धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको घटनास्थलमै मृत्यु

धनुषा । धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् । तीनै जनाको पहिचान खुल्न भने बाँकी रहेको छ ।

धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको सीमा क्षेत्र पर्ने मुडिया सराबेको सीमामा हुलाकी मार्ग छेउमा सोमबार विहान दुर्घटना भएको हो । धनुषाको महेन्द्रनगर जन्ती गएका तीनै जना फर्किर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।

मृत्यु हुने युवक धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोराका रहेको जानकारी प्राप्त भएको छ । घाईते अन्य दुई जना युवक पनि सोही वडाका नाथपट्टिका रहेका छन् ।

बिहान मर्निङ वाकमा निस्केका व्यक्तिहरुले दुर्घटना भएको देखेपछि प्रहरीलाई खवर गरेको थियो । तत्कालै आएको प्रहरीले उनीहरुलाई उपचारको लागि जनकपुर पठाएकोमा एक जनाको मृत्यू भइसकेको चिकित्सकले पुष्टि गरेको छ । थप विवरण आउन बाँकी ।

दुर्घटना मृत्यु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]