०५ साउन २०८२, सोमबार

पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मोसो प्रहार

रौतहट । रौतहट राजपुर बमकाण्डमा जन्मकैद पाएका काँग्रेस पूर्वसांसद आफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशमाथि कालो मोसो प्रहार भएको छ ।

नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो प्रहार गरेका हुन् । कालो मोसो प्रहार गर्दै उनीहरुले नेकपा बहुमत जिन्दाबाद, जनताको कर खाने र जनताकोविरुद्धमा फैसला गर्ने एवं नेकपा बहुमत पार्टीले नेपालभर भ्रष्टाचारविरुद्धमा यसरी कारबाही गरेको छु भनेका छन् । उनीहरूले कार्यकक्षमै पुगेर कालो मोसो प्रहार गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।

कालो मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । न्यायाधीश थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।
२०६४ चैत २७ गते पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पूर्वसांसद आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएकोमा उच्च अदालतले यसलाई उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो ।

कालो मोसो प्रहार पूर्वसांसद आलम
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]