२१ साउन २०८२, बुधबार

रास्वपा मधेस प्रदेशमा सभापति तापेश्वर यादवको कारणले बदनाम,अपराधिक पृष्ठभूमिका व्यक्तिहरूलाई संगठनमा नियुक्त !

राजविराज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश नेतृत्वमाथि गम्भीर आरोपहरू उठिरहेका छन्। प्रदेश सभापति तापेश्वर यादवले पार्टीको संगठन सुदृढ गर्नुभन्दा पनि अपराधिक पृष्ठभूमिका व्यक्तिहरूलाई संगठनमा नियुक्त गरेको भन्दै कार्यकर्ताहरू असन्तुष्ट छन्।

कार्यकर्ताहरूको दाबी अनुसार, यादवले बाराका विनोद कुमार यादवलाई प्रदेश सदस्य बनाएका छन्, जसका विरुद्ध गतवर्ष नै पक्राउ पुर्जी जारी भएको थियो। त्यस्तै, मोतीलाल चौधरी, जो कलेज हत्याकाण्डमा मुख्य आरोपित रहेको बताइन्छ, उनलाई पनि संगठनमा जिम्मेवारी दिइएको छ।

यस्तै, सप्तरीका छेदी लाल पासवान, जसलाई मिटर ब्याजी शोषण प्रकरणमा सप्तरीबाट निष्कासित गरिएको थियो, र शिवकुमार यादव, जसविरुद्ध सप्तरी जिल्ला अदालतमा मुद्दा चलिरहेको छ, उनीहरूलाई पनि संगठनमा स्थान दिइएको कार्यकर्ताहरूको आरोप छ।

आरोप लाग्ने क्रममा विशेष रूपमा जातीय पक्षपात र आफ्ना नजिकका व्यक्तिहरूलाई मात्र संगठनमा स्थान दिइएको भन्दै तीव्र असन्तुष्टि पोखिएको छ। धेरै कार्यकर्ताहरूले आरोप लगाएका छन् कि तापेश्वर यादवले उपसभापति डा. स्वर्णिम वाग्ले र मधेस प्रदेश इन्चार्ज सांसद मनिष झासँगको निकटताका कारण अनुशासनहीनता र संगठनविपरीतका निर्णयहरूबाट जोगिँदै आएका छन्।

यसबीच, कार्यकर्ताहरूले अनुशासन विभागमा पटक–पटक निवेदन दिए तापनि हालसम्म कुनै निष्पक्ष कारबाही नदेखिएको बताउँदै प्रदेश संगठन अपराधीकरणतर्फ उन्मुख भएको चिन्ता व्यक्त गरेका छन्।

यस्ता घटनाक्रमहरूले गर्दा मधेसका कार्यकर्ताहरूबीच असन्तोष फैलिएको छ र पार्टीले अन्य प्रदेशमा कायम गरेको सभ्य राजनीतिक संगठनको छवि मधेसमा धुमिल हुने खतरा देखिएको छ।

रास्वपाको केन्द्रीय नेतृत्वले यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

रास्वपा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]