Blurkart

२२ भाद्र २०८२, आइतबार

बिहे गर्ने प्रलोभनमा भारत पुर्‍याइएकी १५ वर्षीय किशोरीको उद्धार

रौतहट । सामाजिक सञ्जाल टिकटकबाट चिनजान भई बिहे गर्ने प्रलोभनमा भारतसम्म पुर्‍याइएकी १५ वर्षीय किशोरीलाई पर्सा प्रहरीले सकुशल उद्धार गरेको छ।

पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर प्रकाश थापाको नेतृत्वमा गरिएको प्रयासले घरबाट हराएको १८ औँ दिनमा किशोरीलाई सीमाक्षेत्रमा फेला पारिएको हो।

गत साउन १२ गते कटहरिया नगरपालिका–४ निवासी सो किशोरीलाई २२ वर्षका युवकले ललाइफकाई मोटरसाइकलमा लगेर भारत पुर्‍याएको परिवारले जनाएको थियो। खोजतलास गर्ने क्रममा अभिभावकले सिसी टिभी फुटेज र टिकटकमा राखिएका फोटोमार्फत खोजी गरेपछि उनी पर्सा–पटेर्वा सुगौली गाउँपालिका–७, रघुनाथपुरसम्म पुगेको पत्ता लागेको थियो।

तर, बालिकाको अवस्था सार्वजनिक हुने बित्तिकै मुस्लिम समुदायका युवकको परिवारले उनलाई रातारात भारतको बिहारस्थित रामनगरमा आफन्तको घरमा लुकाएको अभिभावकले बताएका छन्।

उद्धार गरिएको बालिकालाई प्रहरीले रातोपाटीकर्मी सञ्जय मिश्रा र स्थानीय सञ्चारकर्मी प्रमोद कुमार यादवको रोहबरमा अभिभावकको जिम्मा लगाइएको छ।

इन्स्पेक्टर थापाले भने, “बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ। तर किशोरीलाई भगाउने युवक र उनका परिवारविरुद्ध थप अनुसन्धान जारी छ।”

किशोरीको उद्धार
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]