Blurkart

२३ भाद्र २०८२, सोमबार

सुटकेसभित्र महिलाको शव प्रकरण: एकजना सन्दिग्ध पक्राउ

प्रहरी उच्च स्रोतकाअनुसार पक्राउ परेका ती सन्दिग्ध व्यक्ति रुबीको हत्यामा संलग्न हुने धेरै प्रमाणहरु फेला परेका छन् ।

९ भदौ, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साह हत्या घटनामा संलग्न भएको आरोपमा एक सन्दिग्ध व्यक्ति पक्राउ परेका छन् ।

प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका ती सन्दिग्ध व्यक्ति रुबीको हत्यामा संलग्न हुने धेरै प्रमाणहरु फेला परेका छन् । ‘सोधपुछका क्रममा एक जनालाई नियन्त्रणमा लिएका छौं । हत्यामा ती व्यक्ति संलग्न हुनसक्ने केही प्रमाणहरु फेला परेका छन् । थप बुझ्ने र भेरिफाई गर्ने काम हुँदैछ’ एक जना अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्केकी रुबी मृत अवस्थामा सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएकी थिइन् ।

साँझ करिब ६ बजेतिर आमा मिथिलादेवी साहलाई फोन गरेर केही सामान ल्याउनुपर्छ भनेर समेत सोधेकी रुबी त्यसपछि बेपत्ता भएकी थिइन् । त्यो राति उनी घर फर्किनन् । राति १० बजेतिर नै शंकास्पद अवस्थामा सडकमा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । आइतबार बिहान भने प्रहरी टोलीले खानतलासी गर्दा रुबीको शव भेटिएको थियो ।

सन्दिग्ध पक्राउ सुटकेसभित्र महिलाको शव
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]