Blurkart

२३ भाद्र २०८२, सोमबार

क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको विजोग

मुगु । टाउकोमा क्यान्सर भएर लाम्रो समयदेखि पीडा भोग्दै आएका छायाँनाथ रारा नगरपालिका—१० तल्लेख गाउँका राम बहादुर बिकको गत चैत्रमा उपचारकै क्रममा मृत्यु भएपछि उनकी श्रीमतीसहित चार छोरीको बिचल्ली भएको छ ।

श्रीमान बचाउनका लागि उपचार गर्दागर्दै चारपाँच लाख ऋण लागेको र आय आर्जन गर्ने मुल व्यक्ति नै नभएपछि परिवार चलाउनै धौ धौ परिरहेको असौजी बिकले बताइन् ।

‘कान्छी छोरी गर्भमै हुँदा श्रीमानको मृत्यु भयो । उनी अहिले चार महिनाको छिन । जेठी छोरी पाँच बर्ष, माइली तीन वर्ष र साहिली दुई बर्ष पुगिन् । उनीहरुको लालनपालनमै समस्या भइरहेको छ,’ विकले अगाडि भनिन्,‘श्रीमानको टाउकोमा सानो चोट लागेपछि बिस्तारै ठूलो घाउका रुपमा फैलियो । पछि क्यान्सर भएको थाहा भयो । उपचार गर्दागर्दै सबै सम्पत्ति सकियो । ऋण लाग्यो तर उहाँलाई बचाउन सकिएन् । चारपाँच लाख रुपैंयाँ ऋण लाग्यो ।’

छोरीहरुलाई अलपत्र राखेर काम गर्न जानपनि समस्या भइरहेको उनले सुनाइन् । ‘काम गर्न जान नपाएपछि बिहान–बेलुका छाक टार्न, छोरीहरुका लागि तत्ताकपडा किन्न नसक्दा पिरलो परिरहेको छ । श्रीमानले मजदुरी गरेरै हामीलाई पाल्नु भएको थियो । अहिले अवस्था विग्रिएको छ,’ २५ वर्षीया विकले भनिन् ।

सुत्केरी हुँदा राम्रो स्याहार नहुँदा हाल आँखा र खुट्टा सुनिने समस्या रहेको सुनाउँदै उनले भनिन्,‘छोरीहरु विद्यालय जान खोज्छन्, अरु साथी स्कुल गएको देखेपछि जाने इच्छा गर्छन् । तर लुक, किताब, कापी नहुँदा घरमै बस्न बाध्य छन् ।’

छायाँनाथ रारा नरपालिका—१० का वडा अध्यक्ष हस्त बहादुर बुढाले विक परिवारको अवस्था नाजुक भएकाले सहयोगका लागि अपिल गरे । ‘रामबहादुर विकलाई बचाउनका लागि धेरै सहयोग गरियो । तर बचाउन सकिएन् । अहिले छोरी र श्रीमतीलाई आवश्यक सहयोग जुटाउन मुस्किल भइरहेको छ । सबैले सहयोग गरिदिए उनीहरुको भविष्य राम्रो हुनेथियो,’ उनले भने ।

क्यान्सर छायाँनाथ रारा नगरपालिका
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]