२१ बैशाख २०८२, आइतबार

हावाहुरी र वर्षाले ४ करोड ४० लाखको ईट्टामा क्षति

रौतहट । रौतहटमा हावाहुरी र वर्षाले ४ करोड ४० लाख रुपैयाँ बराबरको काँचो ईट्टा नोक्सानी भएको छ । वैशाख १४ गतेको साँझको हावाहुरी र वर्षाले पोल्नको लागि तयार पारिएको काँचो ईटा गलेर क्षति भएको हो ।

वर्षभरी बेच्नका लागी तयार भईरहेको ईट्टा पानीले नष्ट गरेपछि ईट्टा व्यवसायीहरु आर्थिक समस्यामा परेका हुन् ।

यहाका बिके ईट्टा उद्योग, बिर ईट्टा उद्योग, पूजा ईट्टा उद्योग, एमबिआई ईट्टा उद्योग, सोना ईट्टा उद्योग, रामजानकी ईट्टा उद्योग लगायत ४० वटा उद्योगहरूमा हावाहुरी र वर्षाका कारण ईट्टामा क्षति भएको रौतहट ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष तथा एसपिएल ईटा उद्योगका सञ्चालक रामबिनोद साहले बताए ।

विभिन्न स्थानका उद्योगहरूमा करिब ११ लाख भन्दा बढी काँचो ईट्टा नष्ट भएको उनले जानकारी दिए । ‘प्रत्येक काँचो ईट्टाको लागत औसतमा ३ रुपैयाँ भन्दा बढी पर्छ, उनले भने; यो आकडाले करिब ४ करोड ४० लाख रुपैयाँको क्षति पुगेको अनुमान गरिन्छ ।’

प्रत्येक बर्ष हिउँदे बर्षाका कारण ईट्टामा क्षति पुग्ने गरेको ईट्टा उद्योगी व्यवसायीहरु बताउँछन् । बेमौसमी बर्षाले यहाका प्रत्येक ईट्टा उद्योगमा १० देखि ५५ लाख रुपैयाँ सम्मको क्षति भएको रौतहट ईट्टा उद्योग व्यवसायी संघले जनाएको छ ।कृष्णा ईट्टा उद्योगका सञ्चालक प्रेमशंकर यादवका अनुसार १० लाख भन्दा बढी काँचो ईट्टा गलेर नष्ट भएको छ ।

यो पटकको हावाहुरी र वर्षाले करीब ५५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको उनले गुनासो गरे । ईटा व्यवसायीको समस्या वा मर्कामा बारेमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।

ईट्टा उद्योगको बिमा नहुदा समस्या भएकाले बीमा प्रणालीको व्यवस्था गर्न सम्बन्धित पक्षहरूलाई संघले बारम्बार आग्रह गर्दै आएको छ ।

४ करोड ४० लाखको ईट्टामा क्षति
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]