३० बैशाख २०८२, मंगलबार

संयम हुन आग्रह गर्दै शान्तिको कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाईं रोकियोः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयम हुन आग्रह गर्दै हात हालाहालको स्थिति लडाईंमा परिणत नहोस् भनेर कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाईं रोकिएको बताउनुभएको छ ।

सोमवार २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस –२०८२ को अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही दिनअघि मात्रै छिमेकी मुलुक भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना भएपनि त्यो अघि बढ्न नपाएको बताउनु भयो । उहाँले लडाईं अगाडी नबढोस् भनेर कामना गरेको बताउनु भयो ।

उहाँले भारत र पाकिस्तानले लडाईंमा जान नदिने प्रतिवद्धता व्यक्त गरेको बताउँदै उहाँले संयमताका लागि दुवै मुलुकलाई धन्यवाद दिनुभयो । उहाँले फेरि पनि दुवै देशबीच केही आरोप/प्रत्यारोपको स्थिति जारी रहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि र जहाँ पनि रहेको बताउनु भयो । उहाँले व्यक्तिको आफ्नो मनस्थिति, पारिवारिक र सबै कुराको लागि शान्तिको महत्व रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “केही दिन अगाडी मात्रै हाम्रै छिमेकमा झन्डै झन्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले शुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाईंमा परिणत हुन नपाओस् भन्ने हामीले कामना ग¥यौं । उहाँहरूसँग पनि कुरा ग¥यौं । नभन्दै, उहाँले लडाईंमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही आरोप प्रत्यारोपको स्थिति छ । अर्थात्, बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिको लागि छ, पारिवारिक शान्तिको लागि छ, सबै कुराको लागि शान्तिको महत्त्व छ ।”

उहाँले बुद्धले उपदेशहरूमार्फत दिएको शिक्षा विश्वका लागि धेरै महत्वपूर्ण रहेको जिकिर समेत गर्नुभयो ।

प्रधानमन्त्री ओली
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]