०५ साउन २०८२, सोमबार

हरिपुरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न , सहयोगीहरु सम्मानित

सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा प्रथम वडा अध्यक्ष अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

वडाको आयोजनामा कोशीमा एतिहासिक रुपमा गाउँपालिकाभरीका सामूदायिक विद्यालयका विधार्थीहरुको सहभागितामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

विभिन्न माध्यमिक विधालयका विधार्थीहरुको सहभागितामा सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा सप्तकोशी माध्यमिक विद्यालय भाण्टाबारी समूह प्रथम, कोशी जनता मावि हरिपुर द्धितिय, श्री राष्टिय मावि लौकही तृतिय भएको आयोजक साझेदारी नेपालले जनाएको छ ।

त्यसैगरी सम्पन्न भएको प्रतियोगितामा श्री राष्टिय मावि शोभनपुर र श्री राष्टिय मावि श्रीपुर समूह सान्तवना भएको आयोजक साझेदारी नेपालका कार्यक्रम संयोजक देवराज यादवले जानकारी दिनुभएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवतालाई प्रमुख अथिति कोशी गाउँपालिका ७ हरिपुरका वडा अध्यक्ष लालदेव सदा, सशस्त्र प्रहरी नायव उपरीक्षक केदार जंग थापा, कोशी जनता मावि हरिपुरका प्रधानाध्यापक हरेराम यादव सहितले पुरस्कार, प्रमाण पत्र प्रदान गर्नुभयो ।

यसैबीच जिल्लामै पहिलो पडक वडाको सहयोगमा पालिकाभरीका विधार्थी सामेल गराएर प्रतियोगिता आयोजना गरेको भन्दै कोशी गाउँपालिका ७ हरिपुरका वडा अध्यक्ष लालदेव सदालाई आयोजक साझेदारी नेपालका कार्यक्रम संयोजक देवराज यादवले प्रसंसा पत्र र गम्छाले सम्मान गर्नुभएको छ ।

त्यसैगरी कार्यक्रममा वडा सदस्यहरु सहित सशस्त्र प्रहरी नायव उपरीक्षक केदार जंग थापा, इलाका प्रहरी कार्यालय भाण्टाबारीका बरिष्ठ प्रहरी नायव निरीक्षक पुण्यप्रसाद अधिकारी, कोशी जनता मावि हरिपुरका प्रधानाध्यापक हरेराम यादव,अस्थायी प्रहरी चौकी हरिपुरका तेजबहादुर सुब्बा, ट्राफिक प्रहरी कोशी कटान कार्यालयका कमल प्रसाद दाहाल सहितलाई प्रसंशा पत्रले सम्मान गर्नुभयो ।

आयोजकका अनुसार वडा क्षेत्रका बालबालिकाहरुलाई क्षमता विकास गर्ने, बाल अधिकारसंगै र कर्तव्य सम्बन्धि अभिमुखिकरण गर्ने र बालबालिकाहरुले सिधा प्रस्नोतर गर्ने अधिकारको उपयोग गर्न पाएको छ । कार्यक्रममा प्रतियोगि र अप्रतियोगि सहित शिक्षकहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]