Blurkart

२४ भाद्र २०८२, मंगलबार

अस्पतालको गेटैमा अवैध औषधी पसल

काठमाडौँ, ८ जेठ :राज्यको नियम तथा कानुनको उल्लङ्घन गर्दै अवैध तवरले सञ्चालनमा रहेका पश्चिम म्याग्दीको दरवाङ स्थित औषधी पसलहरूमा गाउँपालिकाले ताला लगाएको छ ।

नियामक निकायमा दर्ता नगरेको, आवश्यक सामान्य मापदण्ड पनि पुरा नगरेका ६ वटा औषधी पसल सिलबन्दी गरिएको गाउँपालिकाले जनाएको छ । मालिका गाउँपालिका–६, दरबाङ बजार क्षेत्रमा रहेका औषधी पसलको मालिका गाउँपालिकाले गरेको अनुगमन गर्दा बिना दर्ता सञ्चालनमा रहेको पाइएपछि औषधी पसललाई बन्द गरिएको गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद खर्बुजाको नेतृत्वमा गएको अनुगमन टोलीमा उपाध्यक्ष लक्ष्मी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकाल, स्वास्थ्य संयोजक सन्तुकुमारी कार्की, इलाका प्रहरी कार्यालय दरवाङका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

टोलीले गरेको अनुगमनको क्रममा औषधी पसल दर्ता नभएको, औषधीहरूको सुरक्षित भण्डारण र रेकर्ड नराखेको, नियमित बिक्री वितरणका बारेमा जानकारी नराखेको देखिएको स्वास्थ्य संयोजक कार्कीले बताउनुभयो । ‘बजारदेखि ग्रामीण क्षेत्रसम्म दर्ताबिना सञ्चालित पसल बन्द गछौं, अनुगमनलाई तीव्रता दिन्छौ’ स्वास्थ्य संयोजक कार्कीले भन्नुभयो ।

अनुगमनमा गाउँपालिका अध्यक्ष गर्बुजाले औषधी व्यवस्था विभाग, गाउँपालिकामा दर्ता नभएका औषधी पसललाई कडाइ गरिने बताउनुभयो । जनताको प्रत्यक्ष सरोकार रहने औषधी पसल सामान्य प्रक्रिया समेत पुरा नगरी सञ्चालन हुँदा मानव स्वास्थ्यमा जोखिम हुने भएकोले आवश्यक प्रक्रिया पुरा गरेर सञ्चालन गर्न निर्देशन सहित बन्द गरिएको उहाँको भनाई छ । कानुनी प्रक्रिया पूरा नगर्ने, अनधिकृत व्यक्तिबाट औषधि बिक्री गर्ने, चिकित्सकको प्रेसक्रिप्सन (पुर्जा) बिना बिरामीलाई औषधी दिने गरेको गुनासोका आधारमा अनुगमन गर्दा दर्ता बिनै सञ्चालन गरेको पाइएपछि बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको दरवाङ बजार क्षेत्रमा मात्रै गत वर्ष सम्म ९ वटा पसल सञ्चालनमा रहेको भए पनि यस पटक सँगै ७ वटा पसल बन्द भएका छन् । सामान्य प्रक्रिया पुरा गरेर सञ्चालनमा रहेका दुई वटा मात्रै भेटिएको स्वास्थ्य शाखा प्रमुख कार्कीले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाले ७ वटै वडामा अनुगमन गरेर अवैध तवरले सञ्चालनमा रहेको भेटिएमा बन्द गरेर कानुनी दायरामा आएर मात्रै सञ्चालनका लागि निर्देशन दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिनुभयो । म्याग्दी जिल्ला भित्र ५० भन्दा धेरै औषधी पसल सञ्चालनमा रहेको भए पनि औषधी व्यवस्था विभागबाट १५ पसलले मात्रै अनुमति दिएका छन् ।

अवैध औषधी पसल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]