०६ साउन २०८२, मंगलबार

सशस्त्र प्रहरीका गोताखोर बेपत्ता घटना, गृहमन्त्रीलगायतको टोली हल्चोकमा

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले सप्तरीस्थित सप्तकोशीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर) बेपत्ता घटनाबारे दुःख व्यक्त गरेका छन् ।

शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लेखकले उक्त घटना सम्वन्धमा विस्तृत जानकारी लिएका हुन् । उनले अभ्यासका क्रममा ज्यान गुमाएका रास्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताए ।

‘शोकलाई शक्तिमा बदल्दै थप सचेत भएर काम गर्न आग्रह छ,’ गृहमन्त्री लेखकले भने, ‘खतराजन्य उद्दारमा खटिने जनशक्तिको जीवन बीमा बारे मन्त्रालयले थप कार्य गर्नेछ ।’ उनले खतराजन्य उद्दारमा खटिने प्रहरी कर्मचारीको बीमा लगायतका विषयमा थप बजेट आवश्यक परेपनि मन्त्रालय त्यसका लागि प्रयास गर्ने बताए ।

उनले यसप्रकार घटना पुनरावृति नहुने गरी सबैकुराको एथेष्ट ध्यान पुर्‍याएर गर्नुपर्नेमा समेत जोड दिए । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा बिहीबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी जवान हरदेव राजवंशी र सुरज साउँद (गोताखोर) बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बलले घटनाबारे जानकारी दिदैं बेपत्ता मध्ये हरदेवको शव शुक्रबार बिहान घटनास्थलदेखि करिब तीन किलोमिटर तल स्थानीयले देखेपछि सशस्त्र प्रहरीलाई खबर प्राप्त भएको जनाएको छ । अहिले हरदेवको शव परीक्षण प्रक्रियाका लागि राजविराज पुर्‍याइएको छ ।

मन्त्री लेखकले बेपत्ता जवान साउँदको खोजीकार्यमा कुनैकसर बाँकी नराख्न आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारसित पनि आवश्यक समन्वय गर्न निर्देशन दिए । राजवंशी श्रीअन्तु गण ईलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्वर गण पर्सा दरबन्दी भइ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।

घटनाबारे जानकारी लिन मन्त्री लेखकसँगै प्रतिनिधीसभा अर्न्तगत राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र निमित्त गृहसचिब जय नारायण आचार्य, मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका सहसचिव रामचन्द्र तिवारी लगायतका अधिकारीहरु सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेका थिए ।मन्त्री लेखकलाई कार्यवाहक संगठन प्रमुख एवं एआइजी नारायणदत्त पौडेलले घटनाबारे जानकारी गराएका थिए ।

गोताखोर बेपत्ता सप्तकोशी सशस्त्र प्रहरी बल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]