०६ साउन २०८२, मंगलबार

७ करोड १० लाख रुपैयाँको मन्थली चिस्यान केन्द्र अलपत्र

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अझै सञ्चालनमा नआएपछि अलपत्र परेको छ । वाग्मती प्रदेश सरकारले पाँच करोड र मन्थली नगरपालिकाले २ करोड १० लाख रुपैयाँ लगानी गरी कुल ७ करोड १० लाख रुपैयाँमा बनाएको चिस्यान केन्द्र आर्थिक वर्ष २०७८।०७९ देखि नै सञ्चालनमा आउनुपर्ने थियो । तर सञ्चालन खर्च धेरै देखिएपछि सञ्चालनका लागि कुनै योजना बनाउन सकेको छैन ।

चिस्यान केन्द्रहरूको निर्माण कार्य पनि अझै अधुरो छ । केन्द्र वरिपरि कुनै घेराबार नहुँदा बनेका संरचना असुरक्षित छन् । स्थानीय उद्धव सुवेदीले भने, ‘लामो समयदेखि अलपत्र छ, न संरक्षण छ, न सञ्चालनमा आएको छ ।’
वाग्मती प्रदेश सरकारले निर्माण सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने भएपनि अहिलेसम्म हस्तान्तरण भएको छैन् । विद्युत बिल धेरै आउने र भण्डारण गर्न पर्याप्त सामान नहुँदा स्थानीय तहमा सञ्चालनको ठूलो आर्थिक भार पर्ने प्राविधिकहरू बताउँछन् ।

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले प्रदेश सरकारले निर्माण सकाएर हस्तान्तरण गरेपछि नगरपालिका सञ्चालनका लागि योजना बनाउने बताउँछन् । वाग्मती प्रदेशका सबै जिल्लामा चिस्यान केन्द्र निर्माण गर्ने ठेक्का एउटै कम्पनीले पाएको थियो । उसले कार्य सम्पादन गरेर हस्तान्तरण गरेको छैन ।

वागम्ती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले भने, ‘सबै चिस्यान केन्द्र एकैपटक स्थानीय तहलाई हस्तान्तरण हुनुपर्ने हो तर अहिलेसम्म हुन सकेको छैन, यस विषयमा प्रदेश सरकारमा छलफल भइरहेको छ ।’
यसरी चिस्यान केन्द्र सञ्चालनमा नआएपछि प्रदेश र स्थानीय तहको ७ करोड १० लाख रुपैयाँ लगानी जोखिममा परेको छ । कृषकहरूले पनि सुविधा लिन पाएका छैनन् । चिस्यान केन्द्रको प्यासेज र अगाडिको भाग स्थानीयलाई निर्माण सामग्री थुपार्ने ठाउँ बनेको छ ।

अलपत्र मन्थली चिस्यान केन्द्र रामेछाप
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]