०५ साउन २०८२, सोमबार

“सङ्गठित आक्रमणमा समाजसेवी शाह र लेखा प्रमुख दास घाइते”

राजविराज, सप्तरी — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार भोगेन्द्र यादवलाई राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदस्थापन गरिएपछि नगरपालिकामा ठूलो विवाद सिर्जना भएको छ।

शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख रहेका यादवले मंगलबार प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदभार ग्रहण गरेका हुन्। तर, यस निर्णयपछि उपसचिव डा. श्रवण कुमार साहलाई हटाइएको भन्दै निलम्बित मेयर समूह आक्रोशित भएको छ र उनीहरू आन्दोलनमा उत्रिएका छन्।

आन्दोलनको क्रममा समाजिक अभियन्ता कमल किशोर शाहमाथि नियोजित ढंगले आक्रमण भएको छ। गम्भीर घाइते शाहलाई हाल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमरजेन्सी कक्षमा उपचार गरिँदैछ। अभियन्ता शाह माथी भएको घटनाको विरोधमा युवाहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।


त्यसैगरी, आन्दोलनकारीहरूले लेखा शाखा प्रमुख सत्रुधन दासमाथि कुटपिट गरेका छन्। उनले लगाएको सुनको सिक्री समेत खोसेको बताइएको छ।

प्रदर्शनको क्रममा नगरपालिकाको भौतिक संरचनामा समेत क्षति पुगेको छ। कार्यवाहक मेयर ईसरत प्रवीणले चढ्ने गाडीको सिसा फुटाइएको छ।


स्थिति नियन्त्रणमा लिन सर्वदलीय बैठक बसेको छ। तर, समाचार तयार पार्दासम्म कुनै ठोस निर्णय भइसकेको छैन।

राजबिराज
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]