०५ साउन २०८२, सोमबार

लागूऔषधसहित एक युवक पक्राउ

रौतहट । रौतहटको गौरबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

ई–रिक्सामा राखी सेतो रंगको प्लास्टिकभित्र हर्लिक्स लेखिएको निलो रंगको कुटको डब्बामा लुकाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध प्रहरीले बरामद गरेको हो ।चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय चालक अजय विकलाई लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरीका डिएसपी दीपककुमार रायले जानकारी दिए ।

उनका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको ना १ ह ७८९३ नम्बरको ई–रिक्सालाई गौर नगरपालिका–३, बीपी चोकबाट रोकी चेकजाँच गर्दा विकलाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका विकलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।प्रहरीका अनुसार लागूऔषध फेनेरागन इन्जेक्सन ११० एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन ११० एम्पुल, सेरेज्याक डाइजेपाम इन्जेक्सन ६४ एम्पुल र डाइजेपाम इन्जेक्सन ४६ एम्पुल बरामद गरिएको छ ।

प्रहरीले विकको बयानको आधारमा बसका कर्मचारीलाई समेत पक्राउ गरी सोधपुछ थालेको जनाएको छ । यस घटनाकाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

पक्राउ लागूऔषध
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]