०५ साउन २०८२, सोमबार

ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

रौतहट । पर्सामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन । वीरगञ्ज महानगरपालिका–२८ स्थित बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय आकाश पटेल र १७ वर्षीय गोलु पटेलको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ

ट्याक्टर तीब्र गतिमा रहेका कारण अनियन्त्रित भई सडकबाट झन्डै १५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवाष भट्टले बताए ।
उनका अनुसार ट्याक्टरमा नम्बर प्लेट उल्लेख नभएको र भेडाहा खोलाबाट माटो बोकेर बगहीतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना परेको हो ।

ट्याक्टर दुर्घटनामा घाइते भएका जयकुमार मण्डलको नारायणी अस्पतालमा उपचार भइरहेको डीएसपी भट्टले जानकारी दिए । यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

ट्याक्टर दुर्घटना मृत्यु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]