०५ साउन २०८२, सोमबार

धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ नारासहित धान दिवस मनाउने तयारी

काठमाडौं । सरकारले यसवर्ष ‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित असार १५ गते २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा धान रोपाइँलगायत विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेको हो । सरकारले २०६१ साल देखि नै हरेक वर्ष धान दिवस मनाउँदै आएको छ ।
‘जलवायु परिवर्तनको कारण विश्वव्यापी रुपमा बढ़दो नकरात्मक असरलाई न्यूनिकरण गदै धान वालीमा जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्बन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरु सचेत र जागरुक बनाई सघन धान खेतीमार्फत उत्पादन एवं उत्पादकत्व बढ़ाउनु पर्ने र देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षित हुने दिशामा काम गर्न अभिप्रेरित गर्नु यस वर्षको नाराको सन्देश रहेको छ,‘ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार वर्षे र चैते दुबै गरि नेपालमा कूल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।
चालु आ.व. २०८१-८२ मा नेपालमा कुल ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको र औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टर रहेको थियो । गत आ.व. २०८०-८१ को तुलनामा १.२८ प्रतिशत कम क्षेत्रफलमा धान रोपाईँ भए पनि हालसम्मको उच्चतम औषत उत्पादकत्व हासिल हुँदा कूल उत्पादनमा पनि गत आ.व. भन्दा ४.०४ प्रतिशतले बढ़ोत्तरी भएको थियो ।

धान दिवस धान बाली
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]