०५ साउन २०८२, सोमबार

आइटी सदस्यहरुलाई प्रशिक्षण दिँदै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ ।

पार्टीको केन्द्रीय आइटी विभागको आयोजनामा सामाजिक सञ्जालमा सक्रिय सदस्यहरुको लागि जनकपुरधामस्थित अञ्जनी सुइटमा सोमबारदेखि दुई दिवसीय प्रशिक्षण गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

सामाजिक सञ्जालहरुको प्रयोग र परिचालनलाई प्रभावकारी ढङ्गले व्यवस्थित गर्न तथा सूचना, सञ्चार एवं प्रचार प्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा विज्ञहरुले प्रशिक्षण दिन लागेको बस्नेतले बताए ।

सामाजिक सञ्जालमा सक्रिय देशभरीका पार्टी सदस्यहरुलाई संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादबारे समेत प्रशिक्षीत गरिने बताइएको छ ।

जसपा नेपाल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]