
सप्तरी, असार १६ — चोरी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गत खटिएको टोलीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत, राजविराजमा पेश गरिएपछि थुनामा पठाइएको छ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–५ का प्रमोद भनिने कार्तिक यादव र राजविराज नगरपालिका–१३ का विपिन प्रसाद दत्त रहेका छन्। उनीहरूविरुद्ध चोरीको मुद्दामा अदालतबाट थुनाको आदेश भएको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, यादवलाई २ महिना ६ दिन र दत्तलाई १५ दिन थुनामा राख्न अदालतले आदेश दिएको हो।
प्रहरीले लामो समयदेखि फरार रहेका उनीहरूलाई विशेष सुराकीका आधारमा नियन्त्रणमा लिएको जानकारी दिएको छ। पक्राउपश्चात आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
यस घटनालाई प्रहरी स्रोतले कानुनी शासनको कार्यान्वयन र अपराध नियन्त्रणतर्फको प्रतिबद्धताको रुपमा लिएको जनाएको छ।
सार्वजनिक सूचना जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्र.ना.उ. जितेन्द्र कुमार बस्नेतले जारी गरेका हुन्।