११ साउन २०८२, आइतबार

देवानगंजबाट ६० किलो गाँजा बरामद, मोटरसाइकल सहित तस्कर फरार

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका–३ खत्वै टोलस्थित नहर नजिकबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । शुक्रबार राति करिब ९ बजे लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोलीले चेकजाँचका क्रममा ६० किलो गाँजा फेला पारेको हो ।

प्रहरीका अनुसार देवानगंजबाट कप्तानगंजतर्फ गइरहेको एक मोटरसाइकलमा गाँजा ओसारिएको थियो । तर, चेकजाँचको क्रममा मोटरसाइकल चालक मोटरसाइकलसहित फरार भएका थिए । घटनास्थलमा फालिएको दुईवटा सेतो बोरा खोलेर हेर्दा एउटा बोरामा रातो प्लास्टिकले बेरिएको तीन पोका गाँजा र अर्को बोरामा खुल्ला रुपमा सेतो प्लास्टिकमा राखिएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजाको तौल ६० केजी रहेको छ । गाँजासहितका बोराहरू आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको छ भने फरार मोटरसाइकल र तस्करको पहिचान तथा खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले जानकारी दिनुभयो ।

यस घटनाले सीमा क्षेत्र हुँदै लागुऔषध ओसारपसार गर्ने गिरोह अझै सक्रिय रहेको संकेत मिलेको बताइएको छ । प्रहरीले यस विषयमा गम्भीर अनुसन्धान थालेको जनाएको छ ।

६० किलो गाँजा बरामद तस्कर फरार सुनसरी
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]