Blurkart

२४ भाद्र २०८२, मंगलबार

कोसी ब्यारेजमा पुशी पूर्णिमा मेलाको रौनक

देवराजा यादव।सुनसरी सप्तकोशी ब्यारेज नदी किनारमै खानपिन गरी रमाइलो गरेर हरेक वर्ष मनाइने कोसी पुशी पूर्णिमा मेला यस वर्ष पनि सोमबार सुनसरी र सप्तरी संग जोडिने कोशी पुलमा पुसि पूर्णीमाको मेला लागेको छ कोशी र मधेस प्रदेश सिमा समेत रहेको कोशी ब्यारेज पुलमा आज सोमबार पुसि पूर्णीमाको मेला लागेको छ।वर्षदेखि ठुलो मेलाको रुपमा लागदै आएको मेला यस वर्ष पनि लाग्ने मेला समितिले जनाएको हो। समितिका अनुसार सप्तकोशी किनारमा खानपिन गरी रमाइलो गरिने कोशी ब्यारेज मेला धुमधाम साथ लाग्ने बताएका छन् कोशी ब्यारेजको दुवै छेउमा मेला बिहानै देखि सुरु भएको तथा भक्तजनको ठूलो भीड लागने उनीहरू अनुमान रहेका छन् । मेलामा विभिन्न ठाउँहरुबाट भक्तजन आउने मेला समितिले जानकारी दिएको हो।, सो मेलामा नेपालको चार जिल्ला सुनसरी, मोरङ, उदायपुर, सप्तरी तथा भारतको बिहार राज्यबाट समेत गरि सवारीसाधन सहज रुपमा पुग्न सक्ने ब्यारेज बाहेक चारपांग्रे गाडीको असहजता भएका स्थानहरुमा बयलगाडा, मोटरसाइकल, रिक्सा, साइकल सहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको दिनभरी नै घुइँचो हुने छ।कृषि मेलाको रुपमा समेत चिनिने यस मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्री अत्यधिक हुने गरेको छ। पुस महिनाको शुक्ल पूर्णिमाका दिन कोसी स्नान गरे पापबाट मुक्ति पाउने तथा गंगास्नान गरेसरह हुने जनविश्वास रहेको छ। यस दिन बिहानै कोसी नदीमा नुहाएर मिठोचाखो खाने चलन छ। मेलामा भुजा, च्यूरा, पुरी, तरकारी, जेरी सहितका मिठाई खाने प्रचलन छ।कोसी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलन अनुसार यस दिन कोसीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय बूढापाकाहरु बताउँछन्।

नदी किनारमै खानपिन गरी रमाइलो यस वर्ष पनि सोमबार सुनसरी र सप्तरी संग सप्तकोशी ब्यारेज नदी किनारमै हरेक वर्ष मनाइने कोसी पुशी पूर्णिमा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]