Blurkart

२३ भाद्र २०८२, सोमबार

हैजा रोकथामका लागि सबै सुरक्षा निकायसहितको चिकित्सक टोली खटाइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले तीन जनाको निधन भएकामा दुःख व्यक्त गर्दै नियन्त्रणका लागि सरकारको तर्फबाट सक्दो पहल भएको तथा यस रोगको स्रोत के हो भन्नेबारे खोजी भइरहेको बताए ।

उनले भने, ‘यतिबेला देशमा अर्थात वीरगञ्जमा हैजाको महामारी आएको छ । यसले गर्दा पीडा र क्षतिको वातावरण समेत बनेको छ । अहिलेसम्म जम्मा ६२४ जनामा हैजा संक्रमित भएको पाइएको छ । जसमध्ये ४३७ जना स्वास्थ्य लाभ गरेर निको भइसक्नु भएको छ । दुखद कुरा हो यसबीचमा तीन जनाको मृत्यु भएको छ । यसका लागि सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयको अगुवाईमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने छ । सरकारको तर्फबाट सक्दो पहल भएको तथा यस रोगको स्रोत के हो भन्नेबारे खोजी भइरहेको छ ।’
साथै उनले वीरगञ्जमा आउटब्रेक भएको हैजा नियन्त्रणमा आउने विश्वास व्यक्त गरे । ओलीले हैजाका बिरामीको उपचार गर्न तथा सचेतनाका प्रबन्धहरु गरिएको उल्लेख गर्दै नारायणी अस्पतालमा निःशुल्क उपचार गरिनुका साथै निजी अस्पतालमा समेत उपचार गरिएको सदनलाई जानकारी दिए ।

केपी शर्मा ओली हैजा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]