Blurkart

२२ भाद्र २०८२, आइतबार

ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्षे द्वन्द्व क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिने भएको छ ।

नगरपालिकाले बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जिवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले मासिक दुई हजार पाँच सय रुपैयाँ जीवन निर्वाह भत्ता दिन थालेको हो ।

द्वन्द्वमा शहिद भएका व्यक्तिका श्रीमतीले सरकारबाट एक महिला भत्ता पाउने तर बेपत्ता पारिएका व्यक्तिको श्रीमतीले एकल महिला भत्ता नपाउने हुँदा नगरपालिकाले नै कार्यविधि बनाइ जीवननिर्वाह भत्ता दिन थालेको हो ।

नगरपालिकाले हाल आठ जना महिलालाई भत्ता दिन सुरु गरेको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले बताईन् । उनले बेपत्ताका श्रीमतीलाई थोरै भएपनि घर चलाउन सहज हुने बताईन् ।

तीन बर्ष यता राजापुर नगरपालिकाले पनि बेपत्ता पारिएका व्यक्तिको श्रीमतीलाई मासिक दुई हजार जिवन निर्वाह भत्ता दिँदै आएको थियो । ठाकुरबाबा नगरपालिकाले जिवननिर्वाह भत्ता दिएसँगै बर्दियाका आठ ओटा पालिका मध्ये दुई ओटा पालिकाले बेपत्ताका श्रीमतीलाई जिवननिर्वाह भत्ता दिन थालेका हुन् । सरकारले बेपत्ताका श्रीमतीलाई जीवन निर्वाहका लागि व्यवस्था नगरेको हुनाले नगरपालिका आफैले दिनु परेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताए ।

सरकारले द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तीका परिवारलाई जिविकोपार्जनका लागि नयाँ कार्यक्रम र स्पष्ट नीति बनाउनुपर्ने उनको भनाई छ ।

बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगका अनुसार बर्दिया जिल्लामा दुई सय ६१ जना व्यक्ती बेपत्ता पारिएको भन्दै परिवारले उजुरी दिएका छन् । नेपाल भरीमा २६ सय भन्दा बढि व्यक्ति बेपत्ता पारिएको उजुरी दर्ता भएको आयोगको भनाइ छ ।

ठाकुरबाबा नगरपालिका मासिक भत्ता
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]