Blurkart

२३ भाद्र २०८२, सोमबार

उखु किसानहरुको आवाज र मागप्रति सरकार गम्भीर देखिएन् : शक्ति बस्नेत

काठमाडौं । नेकपा माओवादीका सांसद शक्ति बस्नेतले विगत केही दिनदेखि सडकमा रहेका उखु किसानहरुको आवाज र मागप्रति सरकार गम्भीर नदेखिएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको जनविरोधी रवैया विरुद्ध उखु किसानहरु विगत केही दिनदेखि वर्षा र तीज जस्ता पर्वहरुको चिन्ता नगरी सडकमा धर्ना गरिरहेपनि सरकार उनीहरुको आवाज र मागप्रति गम्भीर नदेखिएको बताए ।

साथै, उखु किसानले पाउँदै आएकोप्रति क्विन्टल ७० को अनुदान रकम घटाएर ३५ मात्र दिने सरकारले अर्को किसान विरोधी निर्णय गरेको पनि उनको भनाई छ ।

उनले भने, ‘गत वर्ष उखु किसानले पाउनु पर्ने भुक्तानी करिब १ अर्ब ५० करोडभन्दा बढि अनुदान रकम आजसम्म सरकारले भुक्तानी गरेको छैन् । अझै किसानले पाउँदै आएकोप्रति क्विन्टल ७० को अनुदान रकम घटाएर ३५ मात्र दिने सरकारले अर्को किसान विरोधी निर्णय गरेको छ । सरकारको जनविरोधी रवैया विरुद्ध किसानहरु विगत केही दिनदेखि वर्षा र तीज जस्ता पर्वहरुको चिन्ता नगरि सडकमा धर्ना गरिरहेका छन् । तर सरकार उनीहरुको आवाज र मागप्रति गम्भीर देखिएको छैन् ।’

यस्तै, उनले उखु किसानले पाउनुपर्ने गत वर्षको भुक्तानी रकम दिन र प्रति क्विन्टल अनुदान रकम ७० नै कायम राख्न पनि माग गरेका छन् ।

उखु किसान शक्ति बस्नेत
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]