Blurkart

२३ भाद्र २०८२, सोमबार

२५ किलो गाँजासहित सर्लाहीका ब्लोन पक्राउ

रौतहट । सर्लाही प्रहरीले लागुऔषध गाँजा २५ किलोसहित एक युवकलाई पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका–८, खतिवडा चोकबाट प्रहरीले २० वर्षीय सन्ते ब्लोनलाई पक्राउ गरेको हो ।

लालबन्दी नगरपालिका–१४, नारायणखोला कामीटार बस्ने ब्लोनसहित मोटरसाइकल र झोला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए

उनका अनुसार नारायणखोलाबाट पत्थरकोट हुँदै लालबन्दीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४२ प ४०५३ नम्वरको मोटरसाइकललाई रोक्न खोज्दा मोटरसाइकलमा सवार दुई युवक भाग्न खोजेपछी प्रहरीले पछ्याउँदै गएको हो ।

मोटरसाइकल र साथमा भएको झोला छाडेर खेतैखेत भागेका युवकमध्ये कामीटारका ब्लोनलाई पछ्याउँदै जाँदा पक्राउ गर्न सफल भएको र अर्का युवक फरार भएको उनले जानकारी दिए ।

प्रहरीलाई देखेपछि युवकहरुले फालेको झोला भित्रबाट पाँचवटा पोकामा रहेका २५ केजी गाँजा बरामद भएको उनको भनाइ छ । यस विषयमा आवश्यक अनुसन्धान भै रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

२५ किलो गाँजा सर्लाहीका ब्लोन पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]