२१ बैशाख २०८२, आइतबार

पेस्तोल र गोली सहित युवक पक्राउ

रौतहट । सर्लाही प्रहरीले पर्सा गाउँपालिकामा रहेको एक होटलबाट पेस्तोल र गोली सहित एक युवक पक्राउ गरेको छ। हतियार सहित युवक होटलमा बसिरहेको सूचना पाएर पुगेको प्रहरी चौकी नारायणपुरको टोलीले कटुवा पेस्तोल सहित युवकलाइ पक्राउ गरेको हो ।

पर्सा गाउँपालिका–२, मा रहेको रवी होटलबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक साह हतियारसहित पक्राउ परेको प्रहरी चौकी नारायणपुरका प्रहरी सहायक निरीक्षक किशोरी यादवले बताए ।

उनका अनुसार साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको छ । बरामद हतियारसहित उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

युवक पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]