२३ बैशाख २०८२, मंगलबार

धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु

विराटनगर । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान धनकुटामा दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा बिहान करिब १० बजेतिर को १ ख २१७७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालका अनुसार घटनामा धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको छ । गम्भीर घाइते भएकी राईलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल धनकुटा पु¥याइएको थियो ।

तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । वसमा १४ जना सवार रहेका थिए । अन्य १३ जना घाइते रहेको र तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी खनालले जानकारी दिए ।

घाइतेहरुः

भोजपुरका ५८ वर्षिय लीलाबहादुर श्रेष्ठ । गम्भीर

भोजपुरकै ६० वर्षीय देवी विक । गम्भीर

धनकुटाका ६० वर्षीय हंशबहादुर राई । गम्भीर

धनकुटाका ३४ वर्षीय धनकुमार बिक ।

धनकुटाकै ६० वर्षीया दीर्घमाया राई ।

भोजपुरका २० वर्षीय सूर्यमणि तामाङ ।

भोजपुरकै अनमोल तामाङ ।

भोजपुरकी २४ वर्षीय सविना बराइली ।

भोजपुरका ८० वर्षीय गंगाप्रसाद सापकोटा ।

भोजपुरकी ५१ वर्षीया पूर्णमाया तामाङ ।

बस चालक सुनसरीका का ५१ वर्षीय रुद्र तामाङ ।

सुनसरीका ४८ वर्षीय कृष्ण राउत ।

सुनसरीका २७ वर्षीय आयुष राई ।

एक जनाको मृत्यु बस दुर्घटना
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]