०५ साउन २०८२, सोमबार

१५ जेठबाट हुने आन्दोलनबारे सरकारले भ्रम फैलाउँदैछ : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठदेखि काठमाडौंमा हुने आन्दोलन हिंसात्मक हुन्छ भन्दै सरकारले भ्रम फैलाउन खोजेको बताएका छन् ।

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठदेखि काठमाडौंमा हुने आन्दोलन हिंसात्मक हुन्छ भन्दै सरकारले भ्रम फैलाउन खोजेको बताएका छन् ।

सुनसरीको इनरुवामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलन शान्तिपूर्ण हुने बताए ।

‘निर्धक्क भएर काठमाडौं आउनुहोस्, गणतन्त्र मान्दिनँ, धर्मनिरपेक्षता मान्दिनँ भन्ने अधिकार संविधानले नै दिएको छ । संविधानको धारा २७४ ले यसको विकल्प खोज्ने अधिकार स्वीकार गरेको छ,’ उनले भने, ‘गणतन्त्रको विकल्प खोज्ने कुरा संविधान विरोधी होइन ।’

उनले आन्दोलनमा सरकारले अनावश्यक हस्तक्षेप गर्ने, बल प्रयोग गर्ने र दुष्प्रचार गर्ने काम गरेर समय बर्बाद नगरोस् भन्दै कुशासन र भ्रष्टतन्त्रविरुद्ध जनता जागिसकेको जिकिर गरे ।

‘यो राष्ट्रवादी आन्दोलन हो, नेपाल र नेपाली जनताको हितको लागि नेपाली जनता मिलेर गर्न लागेको आन्दोलन हो, यसमा कुनै विदेशी प्रभाव र उक्साहट छैन,’ थापाले थपे, ‘अहिलेका नेताको गलत कामले मुलुक युवाविहीन भइसक्यो । भ्रष्टाचारको आहालमा देश चुर्लुम्म डुबेको छ । गाउँका गाउँ धर्म परिवर्तनको चपेटामा छ । त्यसैले जनताले विकल्प खोजेका छन् ।’

संवाद र सहमतिबाट पनि निकास खोज्न सकिने भन्दै उनले गणतन्त्रवादीहरू त्यसका निम्ति तयार नभएपछि अनिश्चितलकालीन आन्दोलन अघि बढाइएको दावी गरे ।

कार्यक्रममा सुनसरीका पूर्वजिविस सभापति रमेश श्रेष्ठ, इनरुवा नगरका पूर्वउपमेयर माधव पोखरेलगायत एमाले त्यागेर राप्रपा प्रवेश गरेका थिए ।

आन्दोलन सरकार
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]