०६ साउन २०८२, मंगलबार

अख्तियारको टोलीद्वारा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ ।

काठमाडौँबाट खटिएको आयोगको टोलीले श्रीवास्तवलाई विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता गरी अवैध रूपमा घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको हो ।

आयोगका अनुसार, श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको छ। अख्तियारले श्रीवास्तवविरुद्ध कानुनी कारबाही अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले श्रीवास्तव पक्राउ परेको पुष्टि गरेका छन् ।

उनका अनुसार अख्तियारको टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई पक्राउ हो । अख्तियारले पक्राउ परेका श्रीवास्तवलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।

घटनामा संलग्न अन्य व्यक्तिबारे पनि छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

अख्तियार
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]