११ साउन २०८२, आइतबार

सप्तरीमा करेन्ट लागेर श्रीमान–श्रीमतीको ज्यान गयो, गाउँ शोकमा

राजविराज, १० साउन । सप्तरीको रुपनी गाउँपालिका–२ स्थित पौवाँ टोलमा विद्युतीय करेन्ट लागेर एक दम्पत्तीको ज्यान गएको छ । ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा ४२ वर्षीय बालेश्वर खंग (कैला) र उनकी ३८ वर्षीया श्रीमती रामकुमारी खंगको ज्यान गएको हो ।

शुक्रबार राति आफ्नो प्र.१–०२–००४–ह–६५२२ नम्बरको ई–रिक्सा घरअगाडि रहेको कठघराबाट निकालिएको विद्युतीय तारमार्फत चार्ज गर्ने क्रममा बालेश्वरलाई करेन्ट लागेको थियो ।
बालेश्वर लामो दिनको सवारीपछिको थकान मेट्न घर फर्किएका थिए । जस्तैगरी चार्ज गर्न गएका उनी लामो समयसम्म नफर्किएपछि खोज्न गएकी रामकुमारी पनि करेन्टको चपेटामा परेकी थिइन् ।

राति नै दम्पत्तीलाई करेन्ट लागे पनि घटनाबारे बिहान करिब ४ बजे मात्र थाहा भएको थियो । जेठो छोरा सुरजले बाबुलाई रिक्सामुनि ढलेको देखेपछि छरछिमेकलाई खबर गरेका थिए ।
छिमेकी प्रमिला खंगका अनुसार, मृतकलाई करेन्टबाट छुटाउन खोज्दा आफू पनि घाइते भएकी थिइन् । उनका अनुसार सुरजले लाइन काटेपछि मात्र छिमेकीको सहयोगमा बालेश्वर र रामकुमारीको शव निकालिएको थियो ।

घटनास्थलमै पुग्नु भएका समाजिक अभियानता राजु जैसवालले मृतक परिवारको अवस्था अत्यन्तै पीडादायक रहेको जानकारी दिनुभयो । “बालेश्वर केही महिनाअघि मात्र ई–रिक्सा किनेका थिए, घरको सम्पूर्ण जिम्मेवारी उनैको काँधमा थियो। अभियनता जैसवालले भन्नुभयो दुवै अभिभावक गुमेपछि अब ती छोराछोरीको अवस्थाबारे सोच्नै कठिन छ ।”

मृतकका १९ वर्षीय जेठो छोरा सुरजको विवाह केही महिना अगाडि मात्र भएको हो भने ७ वर्षीय कान्छो छोरा जन्मजात वाक अक्षम छन् । कमजोर आर्थिक अवस्था, अपाङ्ग सन्तान र एकैचोटि बाबुआमा गुमाउँदाको पीडाले परिवारलाई थप संकटमा पारेको छ ।
घटनापछि गाउँमा शोकको वातावरण छाएको छ । मृतक दम्पत्तीको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृत्यु रुपनी गाउँपालिका
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]