०२ भाद्र २०८२, सोमबार

‘हामी आईटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको बताएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअल रूपमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको बताएका हुन् ।

आईटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेको उनको भनाइ छ । आईटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई सभ्य, उन्नत बनाउन, देशमा सुशासन अझ सुदृढ गर्न, आईटीको प्रयोग सुशासनको सहयोगी, समाजको सहयोगीका रूपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीका रूपमा, जनतालाई सेवा सुविधा पुर्‍याउने कुरामा सहयोगीका रूपमा आईटीको प्रयोग गर्न जरुरी रहेको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘आईटी अनिवार्य आवश्यकता बनेको छ । हाम्रो विकासलाई आईटीले तीव्रता दिनुपर्छ ।’ प्रधानमन्त्री ओलीले इन्फरमेसन टेक्नोलोजीलाई मध्यनजर राखेर सरकारले आईटीलाई डिजिटल नेपालको नाराका साथ अघि बढाएको जिकिर गरे ।

प्रधानमन्त्री ओली
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]